‘डिसेम्बर फल्स’को भिडियो क्लिप टिकटकमा आउट भएपछि आर्यन आक्रोशित

1.42K shares

काठमाडौँ । लामो समयपछि नायक आर्यन सिग्देल चलचित्र डिसेम्बर फल्समार्फत पर्दामा फर्किएका छन् । उनको फिल्म अहिले हलहरुमा प्रदर्शन भइरहेको छ ।

आर्यनले ठुलै आशा गरेको फिल्मबाट राम्रो प्रतिक्रिया पाइरहेका छैनन् । त्यसमाथि फिल्मको साना साना क्लिपहरु टिकटकमा आउट भएपछि उनि आक्रोशित भएका छन् ।

उनले सामाजिक संजालमा लेख्दै भनेका, “छन् यति बेला हलमा चलिरहेको चलचित्र डिसेम्बर फल्स को सानो सानो क्लिप गरि पुरै फिल्म नै टिकटक लगायत अन्य सामाजिक सञ्जालमा नहालौन है 🙏 यसरि सामाजिक सञ्जालमा पार्ट–पार्ट गरि अपलोड गर्नु गैरकानुनी मानिन्छ है ।”

1.42K shares