नेप्सेमा दोहोरो अङ्कको गिरावट
वि.सं.२०८० वैशाख ३१ आइतवार ११:३४
1.45K
shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा झरेको छ ।
बजारमा २७ लाख ८८ हजार आठ सय १५ कित्ता शेयर कारोबार हुँदा एक उपसमूहबाहेक सबै उपसमूहहरु ओरालो लागेका छन् ।
बजार घट्दा आत्मनिर्भर लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, राष्ट्र उत्थान लघुवित्त, दोर्दी खोला जलविद्युत् लगायतका कम्पनीको शेयर मूल्य अत्याधिक घटेको छ ।
वि.सं.२०८० वैशाख ३१ आइतवार ११:३४
1.45K
shares




