‘डन – ३’ बाट शाहरुख खान आउट, कस्ले गर्ला फिल्म ?
वि.सं.२०८० जेठ ३ बुधवार १०:५७

काठमाडौँ । बलिउड चलचित्र ‘डन’को फ्रेन्चाइजीबाट शाहरुख खान बाहिरिएका छन् । भारतीय सञ्चारमाध्ययमका अनुसार शाहरुख खानले डनको फ्रेन्चाइजी नगर्ने भएका हुन् ।
डन र डन – २ शाहरुखको हिट फिल्म हुन् । तर, पछिल्लो समय पठानको सफलतापछि शाहरुख उक्त फ्रेन्चाइजी गर्न हच्किएका छन् ।
‘पठान’ले ठुलो सफलता हासिल गर्यो । फिल्मले १ हजार ५० करोडको कलेक्सन गर्न सफल भयो । केहि समयपछि शाहरुखको ‘जवान’ आउदैछ । फिल्मलाई लिएर अहिलेदेखिनै एक किसिमको हाइप रहेको छ । त्यसपछि राजकुमार हिरानीको साथमा ‘डंकि’मा उनि देखिनेछन् । अब उनि सामान्य हिट फिल्मको सिक्वेलमा काम नगर्ने मुडमा रहेको भारतीय मिडियाले जनाएका छन् ।
शाहरुख बाहिरिएपछि कस्ले गर्ला डन – ३ भनेर दर्शकको अत्याधिक चासो रहेको छ । फिल्मका निर्देशक फरहान अख्तरले रनविर सिंहलाई तेस्रो पार्टका लागि प्रस्ताव गरेका छन् । सिंहले पनि सकरात्मक प्रतिक्रिया दिएसँगै फरहानले डन ३ मा रणविरको साथमा काम गर्न सक्ने जनाइएको छ ।
वि.सं.२०८० जेठ ३ बुधवार १०:५७





