सर्पको टोकाईबाट दाजुभाइको मृत्यु

1.44K shares

काठमाडौँ । सिन्धुलीमा सर्पको टोकाईबाट एकै परिवारका दाजुभाइको मृत्यु भएको छ । गएराती सर्पले टोक्दा दुधौली नगरपालिका –१ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका तीन वर्षीय भाइ ग्रिस्म पहाडीको मृत्यु भएको हो ।

आमसँगै सुतिरहेका उनिहरुलाई सर्पले डसेपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । सिर्थौलीमा उपचार सम्भव नभएपछि जनकपुर पठाइएपनि उनिहरुको आज बिहान मृत्यु भएको हो ।

1.44K shares