सुनको मूल्य स्थिर, तोलाको कति ?

1.48K shares

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आइतबारकै मूल्य कायम भएको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ११ हजार ६ सय रुपैँया र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैँया कायम भएको छ ।

1.48K shares