महाभारतका शकुनी मामाको निधन
वि.सं.२०८० जेठ २२ सोमवार १३:०७
1.6K
shares

काठमाडौँ । महाभारतमा चर्चित शकुनी मामाको भूमिका निभाएका अभिनेता गुफी पेन्टलको निधन भएको छ । गुफीको सोमबार बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।
गुफी एकसातायता स्वास्थ्यमा समस्या आएर मुम्बईको अँधेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि उनको आज निधन भएको हो ।
सन् १९७५ मा रफु चक्करबाट बलिउडमा डेब्यू गरेका उनले ८० को दशकमा धेरै फिल्महरुमा काम गरेका थिए । तर, उनलाई बीआर चोपडाको महाभारतले रातारात चर्चाको शिखरमा पुर्यायो । उनले निभाएको शकुनी मामाको भूमिकाको आज पनि उत्तिकै चर्चा हुन्छ । उनै शितारा आज अस्ताए ।
वि.सं.२०८० जेठ २२ सोमवार १३:०७
1.6K
shares





