काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी शो

1.41K shares

काठमाडौँ । हिन्दि फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवादका कारण उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । विवाद चर्किएपछि फिल्मको शुक्रबार बिहानको शो रोकिएको छ ।

काठमाडौँका मल्टिप्लेक्सहरुले बिहानी शो स्थगित गरेका छन् । यसै विषयलाई लिएर चलचित्र संघले विषयको गम्भिरतालाई ध्यानमा राख्दै उपत्यकाका सबै हलमा बिहानी शो रोक्न निर्देशन दिएको छ । त्यस्तै, उपत्यका बाहिर परिस्थिति हेरेर फिल्म चलाउन संघले निर्देशन दिएको छ ।

1.41K shares