एक्सन भूमिकामा पूजा
वि.सं.२०८० असार २ शनिवार ०५:२०
1.46K
shares

काठमाडौँ । अभिनेत्री पूजा शर्मा एक्सन लेडीको रुपमा देखिने भएकी छिन् । प्राय रोमान्टिक भूमिकामा रुचाइएकी पूजाको नयाँ अवतारले फ्यानहरुलाई उत्सुक बनाएको छ ।
उनि रुपेश तामाङको निर्देशनमा बन्न लागेको ‘दान्भी’ मा एक्सन लेडीको अवतारमा देखिने भएकी हुन् । फिल्मको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उनलाई हातमा पेस्तोल लिएर एंग्री रुपमा प्रस्तुत गरिएको छ ।
उनलाई फिल्ममा कुन्साङ बोम्जनले साथ दिने भएका छन् । फिल्मको छायांकन नेपाल र सिक्किमका विभिन्न स्थानमा गरिने जनाइएको छ ।
वि.सं.२०८० असार २ शनिवार ०५:२०
1.46K
shares








