‘बगान’को टिजर सार्वजनिक

1.43K shares

काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा बनेको ‘बगान’को टिजर सार्वजनिक भएको छ । लामो समयदेखि चलचित्र कर्ममा सक्रिय खनालले यसै चलचित्र मार्फत निर्देशनमा डेव्यु गरेका हुन् ।

एकल महिलाको कथा देखाइएको फिल्ममा करिश्मा मानन्धरलाई मुख्य भुमिकामा देखाइएको छ । फिल्मको कथा स्वप्न नीरवले लेखेका छन् ।

फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म असार २९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

1.43K shares