अल्लु अर्जुनले थाले ‘पुष्पा २’ को छायांकन
वि.सं.२०८० साउन २२ सोमवार ०७:०८
2.09K
shares

काठमाडौँ । दर्शकको व्यग्र प्रतिक्षा रहेको दक्षीण भारतीय फिल्म ‘पुष्पा २’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन केहि महिना अगाडि देखि सुरु भएपनि मुख्य अभिनेता अल्लु अर्जुन आइतबारदेखि सेटमा पुगेका छन् । हैदराबादमा रहेको रामोजी फिल्म सिटीमा फिल्मको छायांकन सुरु भएको हो ।
‘पुष्पा द राइज’को पहिलो भागले विभिन्न रेकर्डहरु तोडेको थियो । अल्लुको संवाद भन्ने तरिकालाई दर्शकले खुब रुचाएका थिए । फिल्मका केहि डाइलग त भाइरल नै भए ।
त्यो हाइप अहिलेसम्म नै कायम रहेको छ । दर्शकहरु ‘पुष्पा द रुल’को प्रतिक्षामा रहेका छन् ।
सुकुमारले निर्देशन गरेको फिल्ममा अल्लुको साथमा फहद फासिल, रश्मिका मण्डना रहेका छन् । दोस्रो भागमा विजय सेतुपतिले जोइन गरेका छन् ।
वि.सं.२०८० साउन २२ सोमवार ०७:०८
2.09K
shares





