सलोन र केकी अभिनित ‘जय हो’को ट्रेलर सार्वजनिक
वि.सं.२०८० साउन २२ सोमवार १०:१४
1.83K
shares

काठमाडौँ । टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्र जय हो को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआर डिजिटल मार्फत करिब ३ मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेम,रोमान्स र सस्पेन्सलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा आकर्षक सिनहरु देख्न सकिन्छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण गरिएको छ । फिल्ममा सलोन बस्नेत, केकी अधिकारी, अर्पन थापा, निशा अधिकारी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म भाद्र ८ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० साउन २२ सोमवार १०:१४
1.83K
shares





