अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकापर्ण

1.61K shares

काठमाडौँ । हिट फिल्म ‘बोबी’की अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजु  ली, निर्माता संघका कोषाध्यक्ष ज्योति राई लगायतले कविता संग्रहको ‘सट लिष्ट’ सार्वजनिक गरे ।

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाईका अनुभवहरु कविता मार्फत उतारेको बताइन् । ‘म राम्रो कवि, साहित्यकार होइन । आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मनलागेको सार्वजनिक गरेकी हुँ’ अभिनेत्री गुरुङले भनिन् ।

गुरुङले सार्वजनिक गरेको ‘सट लिष्ट’मा १० वटा कविता छन् । आगामी दिनमा अन्य कविता समेत थपेर पुस्तकमा ल्याउने सोच छ । नर्बेमा बस्दै आएकी अभिनेत्री गुरुङ कविता सार्वजनिकका लागि मात्रै केही दिन अगाडि नेपाल आएकी हुन् ।

भोलिका दिन म नरहुँला, समयले नदेला, ममा जोस नहोला, मेरो कविता त्यतिकै थन्किएर बस्ला’, उनले अगाडि थपिन् ‘जे जति कविता तयार भयो । त्यो सुनाउनुपर्छ, देखाउनुपर्छ भनेर नेपाल आएकी हुँ ।’ अगामी दिनमा पनि कविता लेखनलाई निरन्तरता दिने सोच आफ्नो रहेको उनले सुनाइन् ।

‘जव मलाई मनले, भोगाइले कविता लेख भन्छ लेख्छु’, गुरुङले थपिन् मैले पहिलो चोटी ‘बोबी’ फिल्म अभिनय गरे । मिडियाका साथीभाइले राम्रोसँग साथ दिनुभयो । गत वर्ष पुस्तक ल्याए । त्यसमा पनि साथ पाए । पटकपटक साथ र सपोट गर्नेसँग भेट्नका कविताको बहानमा नेपाल आएको उनको भनाई थियो  पहिलो पटक कोरेको कविता श्रीमान्लाई सुनाउँदा राम्रो भनेकोले अन्य कविता पनि आफूले कोरेको कार्यक्रममा उनले बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले अभिनेत्री गुरुङको आट र क्षमताको आफू सधै प्रसंसक रहेको बताए । ‘कतिपयले कविता पुस्तक बनाएपछि सार्वजनिक गर्छन् । उनले लेख्न थालेपछि जानकारी दिइन्’, पराजुलीले भने, ‘यस्तो कार्यक्रम पहिलो पटक हो, पहिलो भएपनि राम्रो सुरुवात भयो ।’ कविताले पुस्तक पुरा गरेर सार्वजनिक गर्नेमा आफू आसावादी रहेको पराजुलीले बताए ।

अलिअलि गीत र कविता त म पनि लेख्दै आएको छु’, पराजुलीले भने, ‘गुरुङको कवितामा मैले धेरै यर्थात पाए, मनछा्यो ।’ गुरुङमा राम्रो साहित्यकारमा हुने छनक आफूले देखेको बताएका पराजुलीले कवितालाई पुस्तक सबै पाठक माझ पुर्याउन समेत सुझाए ।

त्यस्तै चलचित्र निर्माता संघका कोषाध्यक्ष ज्योति राइले अ भिनेत्री गुरुङको कवितामा यर्थात र जीवन भोगाइका अनुभव भएकोले सबैको जीवनसँग कहिन कहीँ मेल खाने रहेको बताए । कार्यक्रममा कविताले ‘नबुझ्दा’, ‘मनमा लागेका सबैकुराहरु’, ‘भेट्नुछ एकचोटी अव फेरि’ शीर्षकका तीन कविता समेत वाचन गरेर सुनाएकी थिइन् ।

अभिनेत्री गुरुङले गतवर्ष ‘म अनि मेरो’ नामक आत्मकथा पुस्तक ल्याएकी थिइन् । जसमा उनले कलेज लाइफ, उमेश थापासँग प्रेम र अन्तर्जातीय विवाह, माइती पक्षको अवरोध, बुहारी हुँदाको अनुभव र नेपालदेखि नर्वेसम्मको यात्रालाई उतारेकी थिइन् । अहिले सार्वजनिक कविता संग्रहमा पनि जीवनका त्यही कालखण्डका भोगाइ छ ।

कविता र उमेशलेसँग परिवारको सहमतीबीना भागेर अन्तर्जातीय विवाह गरेका थिए । विवाहपछि भागेर नर्बे पुगेका उनीहरुको प्रेमकथामा केही वर्ष अगाडि ‘बोबी’ फिल्म निर्माण भएको थियो । जुन फिल्ममा कविता र उमेश नै मुख्य भूमिकामा थिए । उनीहरुको जोडी र फिल्म दर्शकले रुचाएका थिए ।

1.61K shares