‘भष्मे डन’ इन्टरनेशनल ब्लकबस्टर भएको दाबि

2.52K shares

काठमाडौँ । गत शनिबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ इन्टरनेशनल ब्लकबस्टर भएको निर्माण टिमले दाबि गरेको छ । फिल्मले दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ ।

दशैँको छेकोमा प्रदर्शनमा आएको फिल्मलाई दर्शकले राम्रै साथ दिइरहेका छन् । फिल्म आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

2.52K shares