बिक्की अग्रवाल र सावित्री सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने तयारीमा सन्दीप

2.91K shares

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने कमेडियन बिक्की अग्रवाल र सावित्री सुवेदी ‘जयनारी’ बिरुद्ध कानुनी उपचार खोज्न साइबर ब्यूरो जाने भएका छन् । उनले आफूबारे एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरो जाने भएका हुन् ।

बिक्कीको कमेडी शो ‘आम्मा कसम याँ दुख्छ’ मा अतिथिको रुपमा पुगेकी सावित्रीले सन्दीपलाई बध गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । प्रस्तोता अग्रवालले सन्दीपको फोटो देखाउँदा उनले उक्त अभिव्यक्ति दिएकी हुन् ।

2.91K shares