विश्वकप खेल्नबाट नेपाल १३५ रन टाढा

1.82K shares

काठमाडौँ । आइसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलको खेलमा नेपाललाई युएईले १३५ रनको टार्गेट दिएको छ । शुक्रबार मूलपानीमा भएको खेलमा युएईले ९ विकेटको क्षतिमा १३४ रन जोडेको हो ।

टस जितेर व्याटिङ रोजेको युएईका लागि भित्रिय अरविन्दले ६४ रन जोडे । त्यस्तै, मोहम्मद वासिमले २६ , अलिसान सफारुले १६, आसिफ खानले १३ रनको योगदान दिए ।

1.82K shares