‘कार्साङ’मा शिल्पा मास्के अनुबन्धित, दयासँग रोमान्स गर्ने
वि.सं.२०८० मंसिर ४ सोमवार ०९:०५
2.23K
shares

काठमाडौँ । यम शेर्पाको निर्देशनमा बन्न लागेको ‘कार्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन् । शिल्पा भित्रिएसँगै फिल्मको स्टारकास्टको लाइनअप पुरा भएको जनाइएको छ ।
फिल्ममा यसअगाडिनै दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त, छिरिङ शेर्पा फाइनल भइसकेका छन् । शिल्पा भित्रिएसँगै फिल्ममा तीनजना नायिका हुने भएका छन् । असारमा परस्त्री प्रदर्शन भएसँगै शिल्पाले धमाधम फिल्म साइन गरिरहेकी छन् ।
फिल्ममा निर्देशक शेर्पाकै कथा, पटकथा तथा संवाद रहेको छ । उनको यो निर्देशकिय डेब्यु चलचित्र हो । फिल्म शेर्पा जातिको सामाजिक कथामा निर्माण हुने जनाइएको छ ।
वि.सं.२०८० मंसिर ४ सोमवार ०९:०५
2.23K
shares








