राँगाको आक्रमणबाट वृद्धको मृत्यु
वि.सं.२०८० मंसिर ८ शुक्रवार १२:३४
1.67K
shares

काठमाडौँ । रौतहटमा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । कटहरिया नगरपालिका ९ डुमरियाका ७० वर्षीय बतहु राय यादवको बुधबार घरमै बसिरहेको बेलामा राँगाको आक्रमणमा परेका थिए ।
उनको छाती र हातखुटामा चोट लागेर उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लगिएको थियो । उपचारकमै क्रममा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० मंसिर ८ शुक्रवार १२:३४
1.67K
shares




