बारामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु
वि.सं.२०८० मंसिर २७ बुधवार १२:४१
2.39K
shares

काठमाडौँ । बाराको सिम्रौनगढमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका १ का २५ वर्षीय लक्ष्मी मुखियाको मृत्यु भएको हो ।
नगरपालिकाभित्रका शिक्षक तथा कर्मचारीहरुले सेवा सुविधा नपाएको भन्दै आज प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसंग झडप भएपछि प्रहरीले गोली चलाउँदा मुखिया घाइते भएका थिए । घाइते भएका मुखियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका मृत्यु भएको हो ।
वि.सं.२०८० मंसिर २७ बुधवार १२:४१
2.39K
shares







