नेपाली चेली मेनुका पौडेलले गाएको ‘सलार’को गित रिलिज

5.36K shares

नेपाली चेली मेनुका पौडेलले गाएको ‘सलार’को गित रिलिज
काठमाडौ । बहुप्रतिक्षित दक्षिण भारतिय चलचित्र सलारको पहिलो गित सार्बजनिक भएको छ । सार्बजनिक गितमा नेपाली चेली मेनुका पौडेलले स्वर दिएकी छन ।

हम्बल फिल्मस मार्फत “सुरज हि छाव बन्के” बोलको मीठो गित सार्बजनिक भएको हो । इन्डियन आइडलमा तहल्का पिटिरहेकी पौडेलले शो कै बिचमा यो मौका पएकी हुन । अहिले उनको बिश्वभर चर्चा भैरहेको छ ।

रिया मुखर्जिको शब्द रहेको गितमा रबि बसरुरको संगीत रहेको छ । गितमा मेनुकाले स्वर दिएकी छन ।

केजिएफ जस्तो ब्लकबस्टर फिल्म दिएका निर्देशक प्रशान्त निलको निर्देशनमा बनेको सलारलाइ लियर चौतर्फी हाइप रहेको छ । फिल्ममा प्रभास, पृथ्वीराज, श्रुति हसन लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म २२ डिसेम्बरबाट बिश्वभर प्रदर्शन हुदैछ ।

5.36K shares