मलिका अभिनित ‘पगला घोडा’ पुस १२ गतेबाट मण्डलामा मञ्चन हुने
वि.सं.२०८० पुस १ आइतवार ०९:२९

काठमाडौँ । थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक ‘पगला घोडा’ मञ्चन हुने भएको छ । निर्माण टिमले आज थिम पोष्टर सार्वजनिक गर्दै मंचन मिति सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।
भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए । नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् ।
नाटकमा कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायतको अभिनय रहेको छ । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।
वि.सं.२०८० पुस १ आइतवार ०९:२९





