नेप्सेले बोलायो साधारणसभा, ६४ प्रतिशत लाभांश वितरण गर्ने
वि.सं.२०८० पुस ८ आइतवार ०५:५०
2.11K
shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साधारण सभा बोलाएको छ । नेप्सेले पुस २९ गतेका लागि ४२ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
नेप्सेकै कार्यालयमा हुने साधारणसभामा लाभांश वितरण सम्बन्धि प्रस्ताव पारित हुनेछ । नेप्सेले हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।
साथै सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
वि.सं.२०८० पुस ८ आइतवार ०५:५०
2.11K
shares






