‘पर्खि बसेँ तिमीलाई’ को ट्रेलरमा प्रेम र विछोडको कथा
वि.सं.२०८० पुस ९ सोमवार १०:२८
2.25K
shares

काठमाडौँ । चलचित्र ‘पर्खि बसेँ तिमीलाई’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार बुढासुब्बा डिजिटल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा पठाओ चलाउने युवकको प्रेमकथा देखाइएको छ । प्रेम, मिलन, विछोड र द्वन्दलाई ट्रेलरमा पस्किएको छ ।
पौष २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिपक श्रेष्ठले निर्देशन गरेका छन् । फिल्मबाट तीनजना नयाँ कलाकार किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइलीले डेब्यु गर्दैछन् । फिल्ममा शिव श्रेष्ठ, विल्सनविक्रम राइको पनि अभिनय रहेको छ ।
वि.सं.२०८० पुस ९ सोमवार १०:२८
2.25K
shares





