ब्रहमानन्दमको जन्मदिनमा ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति घोषणा

2.03K shares

काठमाडौँ । इन्डो–नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को प्रदर्शन मिति तोकिएको छ । दक्षिण भारतीय अभिनेता ब्रहमानन्दमको जन्मदिनको अवसर पारेर निर्माण टिमले फर्स्टलुक पोष्टर सार्वजनिक गर्नुको साथै प्रदर्शन मिति तोकेको हो ।

अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको चलचित्रमा नेपाल र भारतका कलाकारको लाइन नै छ । फिल्मको पहिलो पोष्टरमा ब्रह्मानन्दमलाई सिरमा ढाका टोपी, निधारमा चन्दन लगाएर प्रस्तुत गरिएको छ । फिल्म आगामी वर्षको असोज ११ गतेबाट प्रदर्शनमा आउनेछ ।

हरिहर अधिकारीको कथा रहेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन् । फिल्ममा बलिउडका कलाकार ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ । त्यस्तै, नेपाली कलाकार सरोज खनाल र सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

2.03K shares