केपी ओली कप : आज दुई खेल हुँदै
वि.सं.२०८० फागुन १३ आइतवार ०४:३८
1.83K
shares

काठमाडौँ । काठमाडौँमा जारी केपी ओली कप २०८० मा आज दुई खेल हुँदैछ । बिहान ११ ३० र ३ बजे एन्फा कम्प्लेक्समा खेल हुँदैछ ।
पहिलो खेल न्युरोड टिम र थ्रिस्टार क्लबबिच हुँदैछ भने दोस्रो खेल त्रिभुवन आर्मि र नेपाल पुलिसबिच हुँदैछ ।
फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिता २० गतेसम्म हुनेछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदान सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।
गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
वि.सं.२०८० फागुन १३ आइतवार ०४:३८
1.83K
shares





