‘रुमानी रंग’ मा साम्राज्ञी र धीरज
वि.सं.२०८० फागुन १३ आइतवार ०४:४७
2.03K
shares

काठमाडौा । अनिल योञ्जनको निर्देशनमा रुमानी रंग नामक चलचित्र निर्माण हुने भएको छ । रोमान्टिक प्रेमकथामा निर्माण हुने चलचित्रको औपचारिक घोषणा गरिएको छ ।
ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा जिएम ठकुरी प्रस्तुतकर्ता छन् भने हरि मल्ल ठकुरी निर्माता हुन्। यसअघि यो टिमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो।
निर्देशक योञ्जनकै कथा पटकथा र संवाद रहने फिल्ममा धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मि शाह मुख्य भुमिकामा रहनेछन् । इन्टु मिन्टु लन्डनमा पछि यो जोडिले दोस्रोपटक एकसाथ काम गर्न लागेका हुन् ।
फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलियामा र १० प्रतिशत छायांकन नेपालमा गरिने जनाइएको छ । फिल्मका बाँकि कलाकार चाँडै नै फाइनल हुनेछ ।
वि.सं.२०८० फागुन १३ आइतवार ०४:४७
2.03K
shares





