अजय देवगनले ‘शैतान’ बाट लिए २५ करोड, अन्य कलाकारको पारिश्रमिक कति ?
वि.सं.२०८० फागुन २३ बुधवार ०५:३१
2.1K
shares

काठमाडौँ । बलिउड फिल्म शैतान यतिबेला चर्चामा छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर चर्चा चलेको हो । डार्क खालको ट्रेलरले सबैको ध्यान खिचेको छ ।
फिल्ममा पहिलो पटक अजय देवगन र आर माधवनले स्क्रिन शेयर गर्दैछन् । फिल्ममा कालो जादुले निम्त्याउने समस्या देखाइएको ट्रेलरमा देख्न सकिन्छ ।
यहाँ कुरा गरौँ फिल्मका लागि कलाकारहरुले कति पारिश्रमिक लिए भन्ने । फिल्ममा अजय, माधवन, ज्योतिका, जानकी बोडिवाला लगायतका कलाकारको अभिनय रहेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मका लागि अजयले २५ करोड भारु पारिश्रमिक लिएको जनाएका छन् । यस्तै, माधवनले १० करोड, ज्योतिकाले ५ करोड र जानकीले २ देखि ३ करोड भारु पारिश्रमिक लिएको बताइएको छ ।
फिल्म मार्च ८ बाट विश्वभर प्रदर्शन हुँदैछ ।
वि.सं.२०८० फागुन २३ बुधवार ०५:३१
2.1K
shares





