‘पूजार सार्की’ मा ‘मैत बहादुर’ बने प्रदीप

2.44K shares

काठमाडौँ । अभिनेता प्रदीप खड्काको नयाँ चलचित्र पूजार सार्कीको फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । आइतबार खड्काको जन्मदिनको अवसरमा पोष्टर सार्वजनिक गरिएको हो ।

फिल्ममा उनि मैत बहादुरको पात्रमा रहेका छन् । कालो भादगाउँले टोपिमा स्टकोट पहिरिएर उनि दमाहा बजाउँदै गरेको पोष्टरमा देखाइएको छ । केहि समय फिल्मबाट ब्रेक लिएका उनको पूजार सार्कीको चर्चा निर्माण घोषणा गरेसँगै ह्वात्तै बढेको थियो ।

खड्का अहिले धमाधम फिल्म साइन गरिरहेका छन् । उनको पाइपलाईनमा थुप्रै चलचित्रहरु रहेका छन् । आजै मात्र उनले प्रदीप शाहीको फिल्म पनि साइन गरेका छन् ।

विकाश सुवेदीको लेखन रहेको पूजार सार्कीलाई दिनेश राउतले निर्देशन गरेका छन् । फिल्ममा प्रदीपको साथमा, आर्यन सिग्देल, पल शाह लगायतका कलाकारको अभिनय रहेको छ।

2.44K shares