‘वर एण्ड वधु’ को छायांकन सुरु

1.72K shares

काठमाडौँ । निर्देशक मिलन चाम्सको नयाँ चलचित्र वर एण्ड वधुको दोस्रो चरणको छायांकन सुरु भएको छ । फिल्मको पहिलो चरणको छायांकन रोमानियामा भएको थियो ।

दोस्रो चरणको छायांकन आज ललितपुरस्थित महालक्ष्मीस्थानमा पूजा गरेर सुरु भएको छ । रोमान्टिक कमेडी जनरामा निर्माण हुने चलचित्रको नेपालमा २५ दिनको छायांकन सेड्युल राखिएको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्य मूख्य भूमिकामा रहेका छन् । विवेकले यहि फिल्मबाट डेब्यु गर्दैछन् । आँचल र विवेको साथमा विजय लामा, रमेश बुणथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का, कुशुम शर्मा लगायतका कलाकारको अभिनय फिल्ममा रहने छ ।

1.72K shares