ट्रेलरमा मेगास्टार भनेपछि अनमोल र पत्रकारबीच सवाल–जवाफ
वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:१६

काठमाडौँ । अभिनेता अनमोल केसीलाई मेगास्टार भनिएकोमा पत्रकारहरुले आपत्ति जनाएका छन् । आज सार्वजनिक गरिएको ‘फर्की फर्की’को ट्रेलरमा अनमोलालाई मेगास्टार लेखेको देखेपछि पत्रकारले आपत्ति जनाएका छन् ।
ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा पत्रकारले, अनमोललाई किन मेगा स्टारको ट्याग दिएर ठुलो भारी बोकाउनुहुन्छ ? भनेपछि निर्देशक सुयोग गुरुङ र अनमोलसँग सवाल जवाफ चलेको थियो । निर्देशक गुरुङले यो ट्याग दर्शकले दिएको भनेर जवाफ फर्काएपनि प्रश्नकर्ताले कुन दर्शक ? भनेर प्रतिप्रश्न गरेका थिए ।
अनमोलले भने मलाई साथि, भाई, अनमोल जे भनेर बोलाएपनि हुन्छ भनेर माहोललाई शान्त पारेका थिए । उनले दर्शकले माया गरेर मेगास्टार भने नि खुसि नै हुन्छु, यदि भनेनन् भनेपनि आफु दुखि नहुने बताएका थिए ।
अनमोललाई उनका निर्माता र केहि मिडियाहरुले मेगास्टार भन्दै सम्बोधन गर्ने गरेका छन् । तर, उनको मेगास्टारको ट्याग भने सँधै नै विवादित हुँदै आएको छ ।
वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:१६





