किनेको भ्युजमा मख्ख अनमोलको ‘फर्की फर्की’ टिम
वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:३३

काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्र ‘फर्की फर्की’को ट्रेलर १ बिहीबार सार्वजनिक भएको थियो । ट्रेलरलाई यो समाचार तयार पार्दसम्म १९ लाख ५ हजार दर्शकले हेरेका छन् ।
छड्के २ फ्लप भएपछि फिल्मका लागि केहि समय लिएका अनमोल केसी फर्की फर्कीबाट आशावादी देखिन्छन् । फिल्मको ट्रेलरलाई सकेसम्म दमदार देखाउने प्रयास गरिएको छ । टाइम ट्राभलको कथा देखाइएको फिल्मको ट्रेलर प्रेम, रोमान्स र एक्सनले भरिएको देखिन्छ । मेकिङको क्वालिटी पनि उच्च देखिएको छ । दर्शकले ट्रेलरलाई मन पराएका छन् ।
यस्तोमा निर्माण टिमले फिल्मको ट्रेलरले बटुलेको भ्युजमा भने भ्रम सिर्जना गर्न खोजेको देखिएको छ । निर्माता रोहित अधिकारीले १ दिनमा १० लाख भ्युज ट्रेलरले पाएको भनेर सार्वजनिक गरेका छन् । उक्त भ्युज स्पोन्सर्ड भ्युज हो । ट्रेलरलाई स्पोन्सर्ड गरेपछि आएको भ्युजलाई रियल भ्युज हो भनेर समेत प्रचार गरिएको छ । दर्शकले ट्रेलर मन पराएर हेर्नु अर्कै कुरा हो भने स्पोन्सर्ड भ्युज अर्कै कुरा हो । जे भएपनि किनेरै भएपनि भ्युज धेरै आएपछि निर्माण टिम मख्ख देखिएको छ ।

जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा अनमोलको साथमा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ वैशाख ९ आइतवार ०६:३३





