यस्तो छ ‘वर एण्ड बधू’मा कुसुम शर्माको क्यारेक्टर
वि.सं.२०८१ वैशाख ९ आइतवार १३:४८
1.62K
shares

काठमाडौँ । मोडल कुसुम शर्माले ‘वर एण्ड बधू’को छायांकन सुरु गरेकी छिन् । उनि केहि समयअगाडि फिल्ममा अनुबन्धित भएकी थिइन् । पहिलो चरणको छायांकन रोमानियामा गरेको निर्माण टिमले दोश्रो चरणको छायांकन काठमाडौँमा केहि दिन अगाडि सुरु गरेको थियो ।
छायांकन सेटबाट कुसुमका केहि तस्विरहरु बाहिरिएका छन् । सार्वजनिक तस्विरमा उनि हट अवतारमा प्रस्तुत भएकी छन् । रातो कार अगाडि उनि बसिरहेको तस्विरमा देखिएको छ । ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी कुसुमको यो डेब्यु फिल्म हो ।
मिलन चाम्सको निर्देशन रहेको फिल्ममा आँचल शर्मा र नव अभिनेता विवेक कर्माचार्य, किरण केसी, विजय लामा, सरिता लामिछाने, रविन्द्र खड्का, अंशु महर्जन, दिनेश काफ्ले, श्रृष्टि खड्का, हिमेश पन्तलगायत कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ वैशाख ९ आइतवार १३:४८
1.62K
shares





