अनमोललाई लिएर फिल्म बनाउँदै सन्तोष सेन

2.21K shares

काठमाडौँ । अभिनेता अनमोल केसी र सन्तोष सेनबीच सहकार्य हुने भएको छ । हाल ‘फर्की फर्की’को प्रमोशनमा व्यस्त केसीले अर्को वर्ष सन्तोषसँग काम गर्ने भएका छन् ।

केसी ‘फर्की फर्की’ पछि ‘जेरी २’ मा व्यस्ता हुनेछन् । उक्त फिल्मपछि सन्तोषको पिरिएड ड्रामा फिल्ममा काम गर्ने गरि भद्र सहमति भएको जनाइएको छ । सन्तोषले ‘बलिदान’का लागि पनि अनमोललाई अफर गरेका थिए । तर, सहकार्य सम्भव भएन ।

आगामी वर्षबाट छायांकनमा जानेगरि दुवैविच सहमति भएको जनाइएको छ ।

 

 

2.21K shares