जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
वि.सं.२०८१ जेठ १८ शुक्रवार ०५:५०

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ । आज बिहान मकवानपुरको चित्लाङमा अवस्थित भैरव मन्दिरमा शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
चित्लाङमा २० दिनको छायांकन सेड्युल रहेको फिल्म सौराहा र इलाममा पनि खिचिने जनाइएको छ । फिल्मको मुख्य भुमिकामा जीतु नेपाल रहेका छन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहेको फिल्ममा जीतुको साथमा नीति शाह, वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ ।
रेड आइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । र
सोसल कमेडि जनरामा निर्माण हुने फिल्म आगामि तिहारमा रिलिज गर्ने तयारी गरिएको छ ।
वि.सं.२०८१ जेठ १८ शुक्रवार ०५:५०





