‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रिम टिकट बुकिङ खुल्ला
वि.सं.२०८१ जेठ २३ बुधवार १२:२३

काठमाडौँ । जेठ २५ गते आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । दुई फरक जनराका फिल्मले मल्टिप्लेक्समा राम्रै शोज पाएका छन् ।
‘गाउँ आएको बाटो’ लाई देशको ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ३८ शोज, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३–३ शो दिएका छन् ।
‘गाउँ आएको बाटो’ विभिन्न अन्तराष्ट्रिय फेस्टिभलहरुमा सहभागि भएर नेपालमा प्रदर्शनमा आउन लागेको हो । नविन सुब्बाको निर्देशन रहेको फिल्ममा बाबु छोराबीचको प्रेम देखाइएको छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसान राई लगायतका कलाकारको अभिनय रहेको छ ।
यता, ‘लन्डन टू पेरिस’ लाई क्यूएफएक्सले २९ शो,आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २–२ शोज दिएका छन् ।
घनश्याम लामिछानेको निर्देशनमा बनेको ‘लन्डन टू पेरिस’ मा ‘ट्राभल लभस्टोरी’ कथा प्रस्तुत गरिएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८१ जेठ २३ बुधवार १२:२३





