पेनाल्टीमा एम्वाप्पे चुक्दा फ्रान्स युरोकपबाट बाहिरियो

259 shares

१६ औं संस्करणको युरोकप फुटबलको (सोमबार) राति भएको नकआउट चरणको खेलमा फ्रान्सले स्विट्जरल्यान्डसँग लज्जास्पद हार ब्यहोरेको छ । निर्धारित ९० मिनेटको समयमा दुबै टिमले बराबरि ३ गोल गरेका थिए ।

फ्रान्सका लागि करिम बेन्जेमाले दुई गोल र पोग्बाले एक गोल गरे भने स्विजरल्यान्डको लागि सेफेरोभिकले दुई गोल र ग्वाबरानोभिकले एक गोल गरे ।

थप गरिएको ३० मिनेटमा दुवै टिमले अग्रता लिन नसकेपछि नतिजा पेनाल्टी सुटआउटबाट फैसला गरिएको छ ।
स्विजरल्यान्डका ५ खेलाडिले गोल गर्दा फ्रान्सका एम्वाप्पेले पेनाल्टी मिस गरेपछि नतिजा स्विजरल्यान्डको पोल्टामा गएको हो । यो नतिजासँगै साविक विश्वविजेता फ्रान्स युरोकपबाट बाहिरिएको छ ।

259 shares