‘मुन्द्रेको कमेडी क्लब’ सोमबारबाट नियमित प्रशारण हुने

518 shares

कोरोनाका महामारिको कारण छायांकन रोकिएको चर्चित कमेडी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ भागहरुको छायांकन सुरु भएको छ । शनिबारदेखि कमेडी क्लबको नयाँ भागहरुको छायाँकन शुरु भएको हो । सोमबारबाट नयाँ भागहरु नियमित रुपमा प्रशारण हुने जितु नेपालले सामाजिक संजाल मार्फत जानकारि दिएका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् “कोरोनाका कारण छायांकन रोकीएको (mcc) अर्थात मुन्द्रेको कमेडी क्लबको नयाँ भागहरु छायांकन हुदैछ।र आगामी सोमबारबाट नयाँ भागहरु प्रसारण हुनेछन।निषेधाज्ञाका कारण पुरानै भागहरु प्रसारण गर्नु परेकोमा दुखी छौ। हाम्रो टिमलाई प्रतक्ष्य भेटेर होस,फोन म्यासेजबाट होस सामाजिक सन्जाल मार्फत यश कार्यक्रमको निरन्तरता चाहनु सुभ चिन्तक,सुभेच्छुक तथा दर्शकहरु प्रती हार्दिक नमन सहित आभारी छौ।हजुरहरुको चाहनालाई मध्येनजर राखेर अगाडि बढ्नेछौ। हामीलाई विभिन्न कठिनाइहरु छन, कत्ति कुरा चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन। सानो देश छ, सानो व्यापार छ।त्यसमा पनि कोरोनाले सबै क्षेत्र थीलथीलो बनाएको छ। र पनि हामी जसोतसो अगाडि बढ्ने कोसिस गर्दै छौ। बस केबल चाहिएको छ त हजुरहरुको हौसला,साथ र समर्थन।”

518 shares