वोच प्रहरी चौकीमा आगलागी

वि.सं.२०७८ साउन २९ शुक्रवार १४:३९
588
shares

wild bushes on fire raging out of control
दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १४:३९
588
shares