५५ अंकले बढ्यो नेप्से

224 shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.५ अंकले बढेको छ । आइतबार नेप्से ५५.५ अंकले बढेर २८३७.६२ बिन्दुमा पुगेको हो ।

७ अर्ब ८२ करोड रुपैँया बराबरको कारोबार भएको पूँजीबजारमा विकास बैंक, हाइड्रोपावर, उत्पादनमुलक कम्पनीहरुमा लगानीकर्ता झुम्मीए । बजारमा १३ उपसमुहमध्ये १२ उपसमुहका सूचक सकरात्मक रहे ।

आज युनाइटेड इन्स्योरेन्स,लुम्बिनी विकास बैंक,सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालयन उर्जा र चन्द्रागिरी हिल्स लगायतका कम्पनीको शेयरमुल्य धेरै बढ्यो भने एभरेष्ट बैंक, बेष्ट फाइनान्स, जीवन विकास लघुवित्तको, नविल बैंक, कृषि विकास बैंक र ग्लोबल आइएमई बैंक लगायतको कम्पनीको शेयरमुल्य घटेको छ ।

224 shares