झुलेमा ५ दिने नावालक सहित तीन जना मृत अवस्थामा फेला

217 shares

दोलखा । तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । झुले निवासी श्याम तामाङ, उनकी श्रीमती अम्बिका तामाङ र उनिहरुकी ५ दिने नाबालक छोरी मृत अवस्थामा फेला परेको हो ।

तामाङ परिवार गएराति सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन् । घटनाको बारेमा अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेको छ ।

217 shares