ग्लोबल आईएमई र बैंक अफ काठमाण्डु बैंक गाभिने

434 shares
ishwor movie

काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु बैंक मर्जर हुने भएको छ । बिहिबार दुवै बैंकले एक समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गर्दै एक आपसमा गाभिने निर्णय गरेका हुन् ।

मर्जर पछि बैंकको चुक्ता पुँजी करिब ३४ अर्ब रुपैँया बराबरको हुनेछ । उक्त पुँजीका आधारमा बैंक नेपालकै ठुलो बैंक बन्नेछ ।

बैंक समान शेयर अनुपात १ १ मा मर्जरमा जाने भएका हुन् । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई बीओमे लिमिटेड रहनेछ भने बैंकका अध्यक्षमा हाल ग्लोबल आईएमईमा अध्यक्ष चन्द्रप्रसाद ढकाल रहनेछन् ।

434 shares