जीरी नगरपालिकाद्वारा ५६ करोड ६९ लाखको बजेट प्रस्तुत, अर्गानिक नगर निर्माणमा जोड
वि.सं.२०७९ असार ११ शनिवार ०९:२८
434
shares
दोलखा । जीरी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५६ करोड ६९ लाख ७८ हजार रुपैँयाको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आयोजित गाउँसभामा उपाध्यक्ष कृष्णमाया बुढाथोकीले बजेट प्रस्तुत गरेकि हुन् ।
नगरसभाले चालु तर्फ ३५ करोड ५६ लाख रुपैँया र पूँजीगत तर्फ २१ करोड १३ लाख ७८ हजार रुपैँया विनियोजन गरेको छ ।
बजेटले दिगो भौतिक संरचना निर्माणमा जोड दिएको छ । दिगो सडक संजाल निर्माण गर्ने लक्ष्य बजेटको रहेको छ । युवालाई कृषि पेशामा आकर्षित गर्ने, विदेशबाट फर्किएकालाई स्वदेशमा रोजगारीको प्रवन्ध गर्ने लगायतको लक्ष्य बजेटको रहेको छ ।
श्रावण १ गतेदेखि अनलाइनबाटै व्यक्तिगत घटना दर्ता गर्ने व्यवस्था गर्ने, जीरीलाई अर्गानिक नगरीको रुपमा विकास गर्ने जस्ता लक्ष्य बजेटले लिएको छ ।
वि.सं.२०७९ असार ११ शनिवार ०९:२८
434
shares