नेपाली राष्ट्रिय क्रिकेट टिमबाट बिदा भए पुबुदु दासानायके

301 shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् ।

५ दिन अगाडि क्यानलाई राजीनामा बुझाएका पुबुदुले बुधबारमात्र सबैलाई जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

301 shares