भुवनलाई फाप्यो काँग्रेस, बोर्ड अध्यक्ष उपहार

280 shares

काठमाडौँ । अभिनेता भुवन केसी चलचित्र विकास बोर्डका अध्यक्ष नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

लामो समयदेखी चलचित्र क्षेत्रमा सक्रिय उनि हाल फिल्म निर्माण र निर्देशनमा सक्रिय थिए । कलाकारको रुपमा अब्बल सावित भएका उनलाई चलचित्र क्षेत्रको महत्वपुर्ण निकायको कमाण्डर बनाइएको छ ।

नेकपा एमालेको समर्थकको रुपमा लामो समय सक्रिय उनि गत बैशाखमा नेपाली काँग्रेस प्रवेश गरेका थिए । उनको उक्त प्रवेशले धेरैलाई आश्चर्यचकित बनाएको थियो । उनलाई बोर्ड अध्यक्ष बनाउने आश्वासन दिइएको कुरा उति बेला पनि चर्चामा थियो ।

नेकपा एमालेमा हुँदा पनि उनलाई समानुपातिक सांसद बनाउने पक्कापक्की भएको थियो । तर, सर्वत्र विरोधपछि उनलाई होल्डमा राखियो ।

१० जनाको दरखास्त परेकोमा उनलाई काँग्रेसले उपहार स्वरुप बोर्ड अध्यक्षको पद दिएको छ ।

280 shares