भ्वाइस अफ नेपालमा दीप बाहिरिदा राजेशको इन्ट्रि

350 shares

काठमाडौँ। गायन रियालिटि शो द भ्वाइस अफ नेपाल सिजन ४ का लागि निर्णायकहरु फाइनल भएका छन् । शो को निर्माण टिमले बिहिबार एक कार्यक्रम गरेर निर्णायकहरु सार्वजनिक गरेको हो ।

निर्णायकमा अघिल्लो सिजनका राजु लामा र प्रमोद खरेल दोहोरिएका छन् । यसअगाडि भ्वाइस अफ किड्समा निर्णायक रहिसकेकि प्रविशा अधिकारीलाई निर्णाकको रुपमा लिइएको छ भने दीप श्रेष्ठको ठाउँमा गायक राजेश पायल राइलाई भित्र्याइएको छ ।

दीप र प्रमोद सिजन १ देखि नै निर्णायक रहदै आएका थिए भने राजु दोस्रो सिजनमा जोडिएका हुन् । तेस्रो सिजनमा जोडिएकि तृष्णा गुरुङ आउट भएकी छिन् ।

सिजन ४ अर्को महिनादेखि शुरु हुने निर्माण टिमले जनाएको छ ।

350 shares