नेपालमा फ्लप ‘सम्झना-बिर्सना’ अब भारतमा प्रदर्शन हुने

623 shares

काठमाडौँ । नेपाली चलचित्र सम्झना बिर्सना भारतमा रिलिज हुने भएको छ । गत असार ३१ गतेदेखि फिल्म नेपालमा प्रदर्शनमा आएको थियो । फिल्म दार्जिलिङ, सिक्किम, सिलगुडी, असाम, उत्तराखण्ड र हिमाञ्चलमा प्रदर्शन हुने भएको हो ।

फिल्ममा पुजा शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको छ । फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका छन् ।

फिल्म भारतीय शहरहरुमा नेपाली भाषामै अंग्रेजी सब टाइटलका साथमा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । नेपाली दर्शकहरुले चलचित्रलाई मन पराएनन् । आशा गरौँ फिल्मले भारतीय शहरहरुमा राम्रो प्रतिक्रिया पाओस् ।

623 shares