‘टाइगर ३’ अर्को वर्ष प्रदर्शनमा आउने

462 shares

काठमाडौँ । बलिउड फिल्म टाइगर ३ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । फिल्म २१ अप्रिल २०२३ मा प्रदर्शनमा आउने भएको हो ।

सलमान खान स्टारर टाइगरका अघिल्ला दुई सिक्वेलले बक्सअफिसमा राम्रै कमाई गरेका थिए । सोही कारण यसको सिक्वेल निर्माण गरिएको छ ।

सलमान र कट्रिना स्टारर फिल्मको दर्शकहरु प्रतिक्षा गरिरहेका छन् । तर, हाल बलिउडमा ठुला स्टारको फिल्मलाई विनाकारण व्वाईकट गर्ने प्रचलन चलिरहेको छ । उक्त प्रचलनको शिकार आमिर खानको लालसिंह चड्डा र अक्षय कुमारको रक्षाबन्धन भएको छ ।

ठुला स्टारहरुको फिल्म व्वाइकट भइरहेको बेला सलमानको टाइगर सिरिज जोगिएला भन्न सकिन्न । बक्सअफिस कलेक्सनको हिसाबले अहिले बलिउड कोमामा पुगेको छ ।

462 shares