‘बर एन्ड बधु’ फागुनमा प्रदर्शन हुने

259 shares

काठमाडौँ । नेपाली चलचित्र ‘बर एन्ड बधु’ ले रिलिज मिति तोकेको छ । भर्खरै छायाँकन सकेको फिल्मले प्रदर्शन मिति फागुन १९ गतेलाई तोकेको हो ।

फिल्मको टिम भर्खरै रोमानियामा छायांकन सकेर नेपाल फर्किएको छ । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका छन् ।

युवा युवतिको प्रेमसम्बन्ध फिल्मको मुख्य कथा रहेको जनाइएको छ । फिल्ममा आँचल शर्मा र नवनायक विवेक कर्मचार्यको मुख्य भुमिका रहेको छ ।

259 shares