यमबुद्धको सम्झनामा शान्ति दौड हुने

273 shares

काठमाडौँ । र्यापर तथा गायक स्व. यमबुद्ध (अनिल अधिकारी) को सम्झनामा “यमबुद्ध शान्ति दौड (र्याली)” हुने भएको छ । यमबुद्ध फाउन्डेशनले असोज १ गते शान्ति दौड गर्न लागेको हो ।

फाउण्डेशनले आइतबार पत्रकार सम्मेलन गरेर विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा र्याली गर्ने जनाएको हो । कार्यक्रमको उद्देश्य शान्ति कायम गर्ने रहेको जनाइएको छ ।

273 shares