दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

252 shares

दोलखा । दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले १० मतदान केन्द्रमा अनाधिकृत बुथ कब्जा भएको ठहर गर्दै उक्त मतादान केन्द्रको मत रद्द गरेको थियो । सो अनुसार आज बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितीको बैठकले मंसिर १५ गते मतदान गर्ने निर्णय गरेको हो । बैठकले

आयोगले बैतेश्वर गाउँपालिका वडा नम्बर ६ को बैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क, ख र वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख र ग मा पुन मतदान गराउने भएको हो ।

त्यस्तै, तामाकोशी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र क र ख मा मतदान गराउने निर्णय गरेको हो ।

252 shares