पोर्चुगल नकआउट चरणमा
वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२५
1.36K
shares

काठमाडौँ । सोमबार राति भएको खेलमा उरुग्वेलाई हराउँदै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको छ । पोर्चुगलले उरुग्वेलाई २–० को अन्तरले हराएको हो ।
पोर्चुगलको लागि ब्रुनो फर्नान्डेसले ५४ औँ मिनेट र इन्जुरी समयमा पेनाल्टीबाट गोल गरे । लगातार २ खेल जितेको पोर्चुगल ६ अंक जोड्दै शिर्ष स्थानमा पुगेको छ । साथै अन्तिम १६ मा स्थान बनाएको हो ।
वि.सं.२०७९ मंसिर १३ मंगलवार ०३:२५
1.36K
shares





